नव विवाहित दम्पती त्रिशुली नदीमा हामफाले,श्रीमतीको घटनास्थलमै मृत्यु



काठमाडौ,फागुन-२३। विवाह गरेको ६ महिना नबित्दै एक नव विवाहित दम्पतीले नुवाकोटस्थित त्रिशुली नदीमा हामफालेका छन् । पारिवारिक विवादका कारण विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षिय सञ्जु खाती सँगै आत्महत्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हामफालेका हुन्।

नव दम्पती खातीको घर त्रिशुली नदी किनारमै थियो।आत्महत्याका लागि उनीहरुले घरको छतबाट एकैपटक हामफालेका थिए।हाम फाले लगत्तै छिमेकीले देखेपछि उनीहरुको उद्धार प्रयास भएको थियो।घटनामा श्रीमती सञ्जुको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमान् मौशमलाई घटना लगत्तै घाईते अवस्थामा छिमेकी तथा प्रहरीले उद्धार गरेको थियो।

हाल घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने मृतकको पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक अवि नारायण काफ्लेले जानकारी दिनुभयो।

उहाँका अनुसार जिवितै उद्धार गरिएका श्रीमान् मौशमलाई अस्पतालमै प्रहरीको निगरानीमा उपचारमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्