आज हावाहुरी सहित असिना पानी पर्ने सम्भावना



काठमाडौं, फागुन-२३।आज हावाहुरी सहित असिना पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी वायुको प्रभावले मौसमी बदलीसगै  शुक्रबार पश्चिमी क्षेत्रमा हावाहुरी,चट्याङ र असिनासहितको वर्षा हुने सम्भावना रहेको बताइएको छ।

पश्चिमी पहाडी भूभागमा आज बर्षाका साथमा हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक होसियारी अपनाउन समेत महाशाखाले सचेत गराएको छ । मौसममा आएको परिवर्तनले आज काठमाडौंमा समेत हावाहुरीसहित असिना पानी पर्ने सम्भावना देखिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्