राप्रपा र राप्रपा(संयुक्त)बीच एकता (सहमतिपत्र सहित)



काठमाडौं,फागुन-२५।राप्रपा र राप्रपा(संयुक्त)बीच एकता सहमति भएको छ।लामो समयको प्रयास, छलफल र वार्तापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्नेबारे आधारपत्रमा सहमति भएको हो।हिजो शनिबार  राति अवेरसम्ममा उक्त सहमति भएको हो । राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार  दुई पार्टीबीच सैद्धान्तिक सहमति भएको कुरा सार्वजनिक भएको छ।

उनका अनुसार दुई पार्टीबीचको बृहत्त एकताको घोषणा यही फागुन २८ गते हुनेछ ।

पार्टी एकताको १० बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेको राप्रपा संयुक्त का प्रवक्ता जनकराज पाठकले बताए।

प्रतिक्रिया दिनुहोस्