महिलामाथि तेजाब प्रहार



काठमाडौ,फागुन-२५।कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ मा महिलामाथि तेजाब प्रहार भएको छ। तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छन् ।

महिलाको निधार र शरीरमा तेजाब लाग्दा गम्भीर घाइते भएकी छन्। तेजाब आक्रमणपछि घाइते महिला  गुप्ताको कपिलवस्तु जिल्लास्थित जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारार्थ पठाइएको छ।

क्रिकेट ब्याडका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ।

तेजाब प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन् । उनलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्