मकवानपुरस्थित होलीमा उश्रृंखल कार्य गर्ने १८ जना पक्राउ



काठमाडौ,फागुन-२६। होलीमा उश्रृंखल कार्य गर्नेलाई मकवानपुर प्रहरीले  पक्राउ गरेको छ।होलीको समयमा नियम विपरित कार्य गरेको भन्दै मकवानपुर प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट १० वटा सबारीसाधान सहित १८ जनालाई पक्राउ गरेको हो।

मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरका अनुसार केहि उश्रृंखल कार्य गर्नेलाई पक्राउ गर्ने बाहेक मकवानपुरमा होली शान्तिपूर्ण रहेको छ।

प्रतिक्रिया दिनुहोस्