प्रधानमन्त्री भोलि बालुवाटार फर्कने



काठमाडौं, फागुन-२७ । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार अर्थात भोलि बालुवाटार फर्कने अस्पतालले जनाएको छ।दोस्रोपटक गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि बुधबारसम्म डिस्चार्ज दिने तयारी भएको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन्। ‘अन्य कुनै समस्या नदेखिए बुधबार प्रधानमन्त्री निवासमा फर्कनु हुनेछ ।’ स्रोतले भनेको छ ।

श्रोतका अनुसार शल्यक्रियापछि पिसाब फेर्न सहज गर्न राखिएको ‘क्याथेटर’ पाइप समेत सोमबार झिकिइ सकेको छ । पेटमा राखिएको ‘डेन’ पाइप मंगलबार झिकेपछि बुधबार डिस्चार्ज हुने समेत बताइएको छ।

प्रतिक्रिया दिनुहोस्