दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या



काठमाडौं,फागुन-२७ ।दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेको अभियोगमा एक ब्यक्ति पक्राउ परेका छन्।बिराटनगर महानगरपालिकका परण रिसिदेवलाई ७० वर्षीया श्रीमती सगुत्री रिसिदेवको हत्या गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

रिसिदेवले घरायसी बिवादको कारण सगुत्रीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा उनको घट्नास्थलमै ज्यान गएको थियो ।घटनापश्चात्  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले परणलाई पक्राउ गरेको थियो।

त्यस्तै, कपिलवस्तुमा आफ्नै बाबु चन्द्र बहादुर जिसीको हत्या गरेको अभियोगमा शिबराज नगरपालिका तुरुन्तपुरका बसन्त जिसिलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । बसन्तले घरायसी बिवादका कारण ईट्टा प्रहार गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका चन्द्रदेवको संजिवनि अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको थियोे ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्