ट्याक्टर दुर्घटनामा दुईको मृत्यु



काठमाडौ,फाल्गुन-२९।ट्याक्टर दुर्घटना हुँदा  दुईको मृत्यु भएको छ।तनहुँको बन्दिपुर गाउँपालिका ५ कोरिका स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो।बाउन्भञ्ज्याङबाट कोरिका तर्फ जाँदै गरेको ग १ त ४८०८ नम्बको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अंन्दाजी १५० मिटर तल खस्दा चालक र सहचालकको मृत्यु भएको हो ।

गोरखा पालुङटार ७ च्याङली बस्ने २१ बर्षिय प्रेम कुमालको घट्नास्थलमा नै मृत्यु र सहचालक तनहुँ बन्दिपुर गाउँपालिका ४ नयाँपुलका २३ बर्षिय राजकुमार परियारको मृत्यु भएको हो ।

घाईते भई उपचारका लागि लक्ष्मि अस्पताल डुम्रेमा पठाईएकोमा उपचारको क्रममा चिकित्सकले परियारलाई मृत घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्