ढुङ्गाले लागेर महिलाको ज्यान गयो



अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालीका वडा नम्बर–११ डिभर्नाको धारामाथीमा माटो खन्ने क्रममा ढुङ्गाले लाग्दा एक महिलाको ज्यान गएको छ । घर पोत्ने रातोमाटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले लाग्दा सोही स्थानकी २३ वर्षिय आरती बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।

स्थानियवासीका अनुसार माटो खन्ने क्रममा ढिस्को खस्न थालेपछी आरती भाग्न खोजेकी थिईन् । ढिस्को संग तर्किएकी उनलाई रुखमा अड्किएको ढुङ्गा खसेर लाग्दा घटनास्थलमै ज्यान गएको हो । मृतक बिकका श्रीमान अहिले रोजगारीको सिलसिलामा भारत रहेको छन् ।

उनको चार वर्षिय एक छोरा पनी रहेकोे पत्रकार लक्ष्मण घिमेरेले जानकारी दिएका छ्न।

प्रतिक्रिया दिनुहोस्