धादिङ रेडक्रसको सभापतिमा नारायण तिमल्सेना



काठमाडौ,फागुन-३०।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको नयाँ कार्यसमितिको सभापतिमा नारायण तिमल्सेना चयन भएका छन।सभापति तिमल्सेना सहित ६ जना पदाधिकारी चयन गर्नको लागि तोकिएको निर्वाचन कार्यतालिका पुर्व नै  निर्विरोध चयन भएका हुन्।

१७ सदस्यीय नयाँ कार्यसमितिको सवै पदको लागि एक भन्दा बढी उम्मेद्वारी दर्ता भएपनि उम्मेद्वारी झिक्ने समय रहेको विहिबार अपरान्हसम्म सभापति, उपसभापति, मन्त्री, उपमन्त्री र उपकोषाध्यक्षका अन्य आकाँक्षीहरुले उम्मेद्वारी फिर्ता लिएसंगै सभापति पदमा नारायण तिमल्सेना, पुरुष उपसभापति पदमा डोल बहादुर अधिकारी, महिला उपसभापतिमा शान्ति कुमारी श्रेष्ठ, मन्त्रीमा दुर्लभ कुमार तामाङ, उपमन्त्रीमा नारायण कुमार श्रेष्ठ र उपकोक्षाध्यक्षमा केशव अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

कोषाध्यक्ष, ३ महिला सदस्य र ७ जना खुल्ला सदस्यहरुको लागि भने शुक्रवार विहान १० बजेदेखि मतदानको समय तोकिएको छ । कोषाध्यक्ष पदका लागि मनिष दुवाडी, कृष्ण प्रसाद लंसाल र मंग बहादुर तामाङको उम्मेद्वारी परेको छ । ३ जना महिला सदस्यको लागि ४ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै ७ जना खुल्ला सदस्यको लागि १७ जनाको उम्मेद्वारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्