घरेलु मदिरा सेवनबाट ६ जनाको मृत्यु



काठमाडौ,फागुन-३०।घरेलु मदिरा सेवन गर्दा धनुषामा एकै गाउँका ६ जनाको मृत्यु भएको छ ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२को रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति छ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमैदयाका ३५ वर्षीय बह्मदेव यादव,३० वर्षीय रामनारायण महरा, ४२ वर्षीय बिलास मण्डल, ३० वर्षीय राजु महरा, ३६ वर्षीय गुदरी महरा,  र परवाहाका गिरिजानन्द झा रहेका छन्।

प्रहरीका अनुसार होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवनले उनीहरुको मृत्यु भएको बताइएको छ।

घटनाको अनुसन्धानमा मृतकको घरपरिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्