भारतमा कोरोनाबाट मर्नेको संख्या २ पुग्यो



काठमाडौ,चैत-१।भारतमा कोरोनाबाट मर्नेको संख्या दुई पुगेको छ।कोरोनाका कारण भारतको राजधानी दिल्ली नजिकै एक महिलाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ।

मृत्यु भएकी ६८ वर्षकी उक्त महिलामा पहिले देखि नै मधुमेह र उच्च रक्तचापको समस्या समेत रहेको बताइएको छ ।

यसअघि मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षका एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको थियो । शनिबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ८२ पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्