चट्याङ लागेर म्याग्दीमा दुईको मृत्यु



म्याग्दी,चैत-२। चट्याङ लागेर म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजा रहेको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जनाएको छ।प्रहरीका अनुसार चट्याङ लागेर सख्त घाइते दुबैको बेनी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

घाइते द्वयलाई अस्पताल ल्याएपछि  चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । मृतक पुन र गर्बुजा छिमेकी हुन्।

प्रतिक्रिया दिनुहोस्