किन गरिन पूर्व‘मिस नेपाल’ उषा खड्गीले डिभोर्स



काठमाडौं,चैत-२।पूर्व‘मिस नेपाल’ उषा खड्गीले आफ्नो पतिसग अन्ततः सम्बन्ध तोडेकी छिन।लामो समय पति पत्नी बिचको सम्बन्धमा खटपट चलेको खबरलाई खड्गीले आफ्नो आधिकारिक फेसबुक एकाउन्ट मार्फत  आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन,’ फेसबुकमार्फत् आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै खड्गीले भनेकी छन्, ‘अब म भन्छु– नो ।’

खड्गीले गएराती लेखेको स्टाटस सहित दुई वटा भिडियो क्लिप पनि अपलोड गरेकी छिन् । जहाँ एउटा क्लिपमा उनी बोल्दाबोल्दै भक्कानियर रोएको देख्न सकिन्छ ।

हाल पति-पत्नि दुवै अलग भइसकेपनि सम्पत्ति बाँडफाँडको टुंगो लाग्न भने बाँकी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्