इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे विश्वकपको अन्तिम ३२ मा प्रवेश



लस एन्जलस,असार १३ । शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन् ।

पाराग्वेले आफ्ना तीनवटै समूह चरणका खेलहरू पूरा गरिसकेको छ भने इङ्गल्याण्ड, पोर्चुगल, घाना र इजिप्टले अझै एक–एक खेल खेल्न बाँकी छ । यद्यपि, सबै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् ।

यस पटक ४८ टोली सहभागी विस्तारित विश्वकपमा समूह चरणपछि तेस्रो स्थानमा रहेका उत्कृष्ट आठ टोली पनि अन्तिम ३२ मा पुग्ने प्रावधान छ ।

इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे सबैसँग कम्तीमा चार अङ्क रहेकाले उनीहरू अब आफ्नो समूहमा तेस्रो स्थानमा रहेका केही टोलीले हासिल गर्न सक्ने अधिकतम अङ्कभन्दा अगाडि छन् ।

यसका कारण समूह ए (दक्षिण कोरिया तीन अङ्क), समूह सी (स्कटल्याण्ड तीन अङ्क), समूह एच (उरुग्वे दुई अङ्क÷केप भर्डे तीन अङ्क) र समूह आई (सेनेगल तीन अङ्क) का तेस्रो स्थानका टोलीहरूले उनीहरूलाई उछिन्न नसक्ने अवस्था बनेको हो, जसमा ती समूहका खेलहरू यसअघि नै सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्