शिवपुरी र लिखु गाउँपालिका संगठन कमिटी सपथ ग्रहण समारोह सम्पन्न



नुवाकोट,चैत-२।शिवपुरी र लिखु गाउँ पालिका संगठन कमिटी सदस्य सपथ ग्रहण समारोह सम्पन्न भएको छ।आइतबार  लिखु गाउँपालिका-६ छहरे स्थित सुस्वास्थ्य होटलमा एक समारोहबिच लिखु र शिवपुरी गाउँपालिकाका १५०  समिति सदस्यलाई एकसाथ सपथ ग्रहण गरिएको हो।

सपथ ग्रहण समारोहमा लिखुका कमिटी अध्यक्ष मेघनारायण श्रेष्ठको अध्यक्षतामा ७५ सदस्य र शिवपुरी गाउँपालिकाका कमिटी वीर बहादुर तामाङको अध्यक्षतामा   ७५ सदस्यीय कमिटी पदाधिकारी छन्।सपथ ग्रहण संघीय सांसदद्वय हितबहादुर तामाङ,नारायण खतिवडाले गराउनुभएको थियो।

 हिरानाथ खतिवडाको अध्यक्षतामा भएको सपथ ग्रहण समारोहमा प्रदेश सभा सदस्य बद्री मैनाली,केशव पाण्डे त्यस्तै नेकपाका प्रदेश इन्चार्ज तथा पुर्व सांसद  राजेन्द्रप्रकाश लोहनी लगायतको उपस्तिथि रहेको थियो।

समारोहमा संघीय सांसद हितबहादुर तामाङले स्थानीयस्तरदेखि केन्द्रियस्तर सम्म हरेक राजनीतिक सवालमा कार्यकर्ता र नेतृत्वबर्ग बीच वादविवाद र संवादसगै मेलमिलापको अवधारणा  आवश्यक रहेको बताउनुभयो।’हामी आपसी झैझगडाबाट टाढा होऔं’सांसद तामाङले भने-‘अब पार्टी फुट गराएर कम्युनिस्ट सरकारको मिसन पूरा हुँदैन।’

प्रदेशका संयोजक तथा पुर्व सांसद राजेन्द्रप्रकाश लोहनीले दुई पार्टी एक भएपनी भावनात्मक एकता भने हुन नसकेको जिकिर गर्नुभयो।

यस अघि तादी गाउँपालिकाको गाउँपालिका संगठन कमिटी सदस्य सपथ ग्रहण कार्यक्रम सम्पन्न भैसकेको छ।

प्रतिक्रिया दिनुहोस्