अर्घाखाँचीमा असिनाले चुटेर एक बालकसहित २ जनाको ज्यान गयो



काठमाडौ,चैत-२।अर्घाखाँची जिल्लामा असिनाले चुटेर एक बालकको ज्यान  गएको छ ।मृत्यु हुनेमा जिल्लाको सितगंगा नगरपालिकाको वडा नं. १२ ठाडा रजिया रातामाटाका १० वर्षिय बालक विकास नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए।उनका अनुसार बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।नेपाली शनिबार दिउँसो घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका थिए।शनिबार परेको अविरल वर्षाका कारण अर्घाखाँचीका विभिन्न ठाउँमा जनधन सहित ठुलो रुपमा क्षती समेत भएको छ।

त्यस्तै शनिबार बेलुकादेखि परेको भीषण वर्षापछि आएको खोलाले बगाएर भूमिकास्थान नगरपालिका ९ ढिकुरा चरेपानीका ३८ वर्षीय सालिकबहादुर वलालको मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।ढिकुराको चरेपानीमै रहेको पातले खोलाले बगाएर वलालको मृत्यु भएको हो।

भिषण पानिसँगै परेको असिना र हिउँका कारण पनि खोला बढेको स्थानीयले बताए।

प्रतिक्रिया दिनुहोस्