नेपालमै बन्यो रोग प्रतिरोधात्मक सहितको स्यानिटाइजर



काठमाडौ,चैत-५। रोग प्रतिरोधात्मक क्षमतासहितको नेपाली जडिबुटीबाट स्यानिटाइजर नेपालमै बनेको छ।

जडीबुटीयुक्त स्यानिटाइजरको फर्मुलासँगै स्यानिटाइजर बनाएर वनस्पति विभागले परिक्षणमा ल्याएको हो।

कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट बच्न उपयोग गरिने अत्यावश्यक सामग्री मास्क र स्यानिटाइजर हो।जुन अहिले नेपाली बजारमा अभाव देखिएको छ ।

विदेशबाट आयात हुनुपर्ने पनि नहुनु र भएका सामग्री पनि कालोबजारी गर्नेले लुकाउने र महँगोमा बिक्री गरिरहेका छन् ।

यही बेला अत्यावश्यक सामग्रीमा आत्मनिर्भर बन्न वनस्पति विभागले स्यानिटाइजरको फर्मुलासहित यसको सफल प्रयोग गरेको हो ।

यससग सम्बन्धित समाचार गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्