नेपाल टेलिकमको नम्बरमा कोरोनाको सन्देश रिङ्ग ब्याकटोन



काठमाडौं,चैत्र-६ ।नेपाल टेलिकमले आफ्नो ग्राहकलाई कोरोनाको सन्देश रिङ्ग ब्याकटोनको रुपमा आजबाट प्रवाह गरेको छ।नेपाल सरकारले कोरोना भाइरसको संक्रमणको उच्च  सतर्कता अपनाएसगै टेलिकमले  पनि रिंगब्याक टोन मार्फत सचेतना सन्देश प्रवाह गर्न सुरु गरेको हो ।

टेकिलमको नम्बरमा कुनैपनि नम्बरबाट सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश सुन्न सकिन्छ ।

सन्देशमा भनिएको छ,‘पटक–पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्नुहोस भनेको छ।’

त्यस्तै कोरोनाका लक्षण टाउको दुख्ने,वाकवाकी लाग्ने,उच्च ज्वरो आउने,खोकी लाग्ने लगायतका लक्षण देखिए तुरुन्त अस्पताल तथा स्वास्थ्यकर्मीसग परामर्श लिन समेत सन्देश मार्फत सुझाएको छ।

प्रतिक्रिया दिनुहोस्