काठमाडौमा भुकम्पको धक्का महसुस



काठमाडौं,चैत-७। काठमाडौँमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रले चीनको पश्चिमी सीजाङमा गएको ५.८ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको बताइएको छ । यसको केन्द्रविन्दु काठमाडौँ भन्दा १८७ किलोमिटर उत्तरपूर्व रहेको थियो । भूकम्पमापन केन्द्रका अनुसार केन्द्रविन्दु नेपालभित्र नभएकाले यसबारे आधिकारिक जानकारी आउन बाँकी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्