देशभरका अदालत दुइ साता  बन्द



काठमाडौ,चैत-७।देशभरका अदालत दुइ साता  बन्द हुने भएको छ।सर्वोच्च अदालतको पूर्ण इजलासले देशभरका सबै अदालत चैत २२ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षमा बसेको पूर्ण इजलासले यसप्रकारको निर्णय गरेको हो।

सर्वोच्च अदालतका अनुसार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालत बन्द गरे पनि बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने सुनवाइ हुनेछ।

प्रतिक्रिया दिनुहोस्