प्रधानमन्त्री ओलीद्वारा आज राष्ट्रका नाममा सम्बोधन



काठमाडौँ, चैत-७ ।प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तयारी गरिएको छ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा  प्रधानमन्त्री ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको हो। प्रधानमन्त्री निवास बालुवाटारबाट उनले साँझ ६ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

राष्ट्रको समसामयिक परिस्थिति तथा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ )र त्यसविरुद्ध नेपाल सरकारले अपनाएका सुरक्षाका उपाय विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्