पत्रकारलाई समाचार संकलनमा पुर्ण सजगता अपनाउन पत्रकार महासंघ नुवाकोटको आग्रह



नुवाकोट,चैत-८। समाचार संकलनमा पुर्ण सजगता अपनाउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले पत्रकारलाई आग्रह गरेको छ।बिश्वब्यापी रुपमा फैलिएको नोवेल कोरोना (कोभिड-१९) को संक्रमणबाट सावधानी अपनाउन जिल्ला शाखा नुवाकोटले पत्रकारलाई सचेत गराएको हो।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाल मन्तव्यका क्रममा

नेपाल पत्रकार महासंघ नुवाकोटका जिल्ला अध्यक्ष कपिलदेव खनालले भाइरस संक्रमणका बारेमा सत्य तथ्यमा रहेर समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्ने बताउनुभयो।यस विषम परिस्थितिमा भ्रमपुर्ण समाचार सामग्रीलाई खण्डन गर्ने खालका सूचना सम्प्रेषण गर्नुपर्ने अध्यक्ष खनालले बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी जनार्दन सिलवालले नुवाकोट जिल्लामा कुनै व्यक्तिमा कोरोनाको सङ्क्रमण नभएको र संक्रमण भएको शंका लागेमा त्यस्ता व्यक्तिहरूको स्वास्थ्य परिक्षणका लागि आवश्यक पुर्वाधार तथा आइसोलेसन वार्ड स्थापना गरिएको जानकारी दिए ।

पत्रकारहरु ह्याण्ड सेनिटाईजर प्रयोग गर्दै

कार्यक्रममा पत्रकारहरुलाई ह्याण्ड सेनिटाईजर र सर्जिकल मास्कको प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी समेत गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्