प्रधानमन्त्री शाहको अनुपस्थितिमा दैनिक प्रशासनिक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई
काठमाडौं, मङ्सिर ६ । प्रधानमन्त्री वालेन्द्र शाहको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई प्रदान गरिएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी मन्त्री श्रेष्ठलाई तोक्नुभएको हो ।
प्रधानमन्त्री शाह मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गर्नुभएको छ ।

