मिर्गौलापीडित तामाङलाई जापानमा ८७ हजार ४२८ सहयोग




जापान,चैत-९।पढाइकै सिलसिलामा टोक्योमा बस्दै आएका दुवै मृगौला फेल भएका प्रेमकुमार तामाङको उपचारका लागि सहयोग प्राप्त भएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए क्युस्यु) का कार्यसमिति सदस्य नवीन जिसीको सक्रियतामा चलाइएको आर्थिक संकलन अभियानबाट जम्मा भएको जापानीज येन ८० हजार ४०१ (८७,४२८ नेपाली रुपैयाँ) हस्तान्तरण गरिएको हो । जापानको किताक्युस्स्युमा अवस्थित किताक्युस्यु YMCA जापानिज भाषा स्कुलबाट जापनिज भाषा पढाइ सकेर तामाङ पढाइकै सिलसिलामा हाल टोक्योमा बस्दै आएका छन् । उनी गैर आवासीय नेपाल संघ जापनका सदस्य पनि हुन् ।

एनआरएनए क्युस्युका अध्यक्ष देवराज उप्रेती र सचिव अर्जुन थापाले जारी विज्ञप्तिमा भनिएको छ, ‘एनआरएनए क्युस्युबाट कार्यसमिति सदस्य नबिन जिसीज्युको सक्रियतामा आर्थिक संकलन अभियान संचालन गरी गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमितिका सल्लाहाकारज्युहरु तथा पदाधिकारी एवं सदस्य र अन्य सामाजिक व्यक्तित्वहरुबाट जम्मा संकलित रकम जापनिज येन ८०,४०१(रु ८७,४२८) हस्तान्तरण गरिएको जानकारी गराउँदछौ ।’ आर्थिक संकलन अभियानमा सक्रिय कार्यसमिति सदस्य जिसीलगायत आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगी महानुभाबहरुलाई धन्यवाद ज्ञापन गर्दै एनआरएनए क्युस्युले प्रेम तामाङ प्रत्यक्ष भेटी शीघ्र स्वास्थ्यलाभको कामनासहित सहयोग जापनिज येन ८०,४०१ (रु ८७,४२८ हस्तान्तरण गर्ने उप-संयोजक सचिनकुमार नेम्बागलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।

एनआरएनए क्युस्युले सामाजिक काम र विभिन्‍न रोगबाट पीडितहरुलाई सहयोगलाई निरन्तरता दिइरहेको छ । यसअघि पनि धुर्मुस-सुन्तली फाउन्डेशन को नेतृत्वमा चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि ३ लाख १ हजार १११ (२ लाख ६८ हजार ७३० जापानीज येन) हस्तान्तरण गरेको थियो ।

मिर्गौला पीडित प्रेम तामाङलाई सहयोग गर्नेहरुमा

एनआरएनए जापान क्युस्यु क्षेत्रीय समिति सदस्य एवं खुकुरी मिनिमार्ट सञ्चालक नवीन जिसी-१०,००० येन
रबिन तमांग एवं सञ्जु मोक्तन -१०,०००येन
सुजन गुरूङ १०,०००येन
रबिन जिसि -५,०००येन
भूपेन्द्र बहादुर बोटे- ५,०००येन
चन्द्रकुमार काउछा -५००० येन
सबिना चापागाई -५,००० येन
बिमल श्रेष्ठ, सृस्टी गिरि श्रेष्ठ -५,००० येन
मउतम लामा -३,३०० येन
संगीता सुनुवार -३,००० येन
भूपेन्द्र मगर -३,००० येन
देबराज उप्रेती -२,०००येन
बिकास भट्टराई -२,०००येन
मोहन राई -२,००० येन
विशाल गिरि-२,००० येन
अनिल पौडेल -२,०००येन
बिकास अधिकारी -२,००० येन
मन्जु रायमाझी -१,१०१येन
सरु रिमाल – १,००० येन
सबीना रिमाल -१,००० येन
यम खराल -१,००० येन
जम्मा = ८०,४०१ येन

प्रतिक्रिया दिनुहोस्