मन्त्रिपरिषदको निर्णय:भारत-चीन नाका एक साता बन्द गर्ने



काठमाडौं,चैत्र-९। मन्त्रिपरिषदको बैठक आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ।बैठकले भारत र चीनसँगको सीमा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।यो निर्णसँगै अब दुवै देशसँगको नाकाबाट आवातजावत बन्द हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमलाई ख्याल गर्दै  छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो।

यस्तै कोभिड १९ को महामारीका रोकथामका लागिचिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मो्मिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न ५० करोडको कोष खडा गर्ने निर्णय समेत भएको छ । उक्त कोषका लागि सबै मन्त्री १–१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्