नेपालले यूएईलाई हरायो



काठमाडौं,बैशाख १८ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजमा नेपालले यूएईमाथि संघर्षपूर्ण जित हात पारेको छ। रोमाञ्चक प्रतिस्पर्धामा नेपालले यूएईलाई ६ रनले पराजित गर्दै महत्वपूर्ण अंक जोडेको हो।

वर्षाका कारण खेल प्रभावित भएपछि डीएल मेथडअनुसार यूएईले ३८ ओभरमा २५५ रनको संशोधित लक्ष्य पाएको थियो। लक्ष्य पछ्याएको यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो र नेपालले झिनो अन्तरले जित सुरक्षित गर्‍यो।

यस जितसँगै नेपालले प्रतियोगितामा आफ्नो स्थितिलाई मजबुत बनाएको छ। अब नेपालले आफ्नो चौथो खेल आगामी मंगलबार ओमानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्