मर्स्याङ्दी नदीमा बस खस्यो,३ को  मृत्यु २७ घाइते



तनहुँ,चैत-९।पोखराबाट नेपालगञ्ज  छुटेको बस पृथ्वीराजमार्गको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।

ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ ६ः ३० मा दुर्घटना परेको हो।दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये दुई जनालाई थप उपचारका लागि पोखरा र चितवन मेडिकल कलेज पठाइएको  प्रहरीले जानएको छ।

उद्धार कार्य जारी रहेको र अहिलेसम्म १७ जना यात्रु घाइतेको उद्धार खटिएका प्रहरीले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्