चितवनस्थित अस्पतालमा कोरोनाको उपचार गराइरहेका युवकको मृत्यु



चितवन, चैत-११ ।कोरोनाको उपचार गराइरहेका युवकको मृत्यु भएको छ।चितवनस्थित कोरोना विषेश अस्पतालमा उपचार गराई रहेका एक युवकको आज विहान मृत्यु भएको हो । उच्च ज्वरो र रुघाखोकीले ग्रसित ती युवक उपचार गर्न अस्पताल आएका थिए।

मृतक युवकको स्वाब परिक्षणको रिपोर्ट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट आउन बाँकि नै रहेको छ।यसर्थ मृत्युको कारण यहि हो भन्न नसकिने अस्पताल स्रोतले जानकारी दिएको छ । उनी कोरोना संक्रमित भएको वा अन्य कुनै कारणले मृत्यु भएको हो रिपार्ट आएपछि मात्रै थाहा हुने छ ।उनको पहिचान खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्