लाभकर वृद्धिले लगानीकर्ता असन्तुष्ट



काठमाडौँ, जेठ १७ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा पुँजी बजार सुधारका लागि विभिन्न नयाँ व्यवस्था समावेश गरिए पनि पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) बढाइएपछि लगानीकर्ता असन्तुष्ट बनेका छन्।

बजेटले गैरआवासीय नेपालीको लगानी, डेरिभेटिभ कारोबार, इन्ट्रा डे ट्रेडिङ तथा नेप्से पुनर्संरचनाजस्ता कार्यक्रम अघि सारेको छ। तर सेयर कारोबारमा लाग्ने लाभकर वृद्धि र एफपिओ तथा प्रिमियम मूल्यमा जारी हुने सेयरको नाफामा १० प्रतिशत कर लगाउने व्यवस्थाले लगानीकर्तामा अन्योल थपिएको छ।

विश्लेषकहरूले करको भार बढ्दा लगानीकर्ताको मनोबल कमजोर हुन सक्ने बताएका छन्। यद्यपि नेपाल स्टक ब्रोकर एसोसिएसनले बजेटको स्वागत गर्दै यसले पुँजी बजारलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने जनाएको छ।

बजारका जानकारहरूले गैरआवासीय नेपाली तथा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने नीति सकारात्मक भए पनि धितोपत्र बोर्ड सुधार, बजार निर्माता व्यवस्था, ब्रोकर कमिसन पुनरावलोकन र लगानीकर्ता संरक्षणका विषयमा बजेट अझै अपूरो रहेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्