काठमाडौँ महानगरपालिकाले छर्कियो कोरोना विरुद्ध किटनाशक औषधी



काठमाडौँ,चैत-१३।काठमाडौ महानगरपालिकाले बुधबारबाट सुरु गरेको किटनाशक औषधी छर्कने कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ ।महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार तीन ओटा क्षेत्रलाई आधार मानेर यश कार्यलाई आज पनि निरन्तरता दिइएको हो।

प्रमुख शाक्यले सिमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधी छर्किने कामलाई निरन्तरता दिइरहेको बताउनुभयो।‘सिमित स्रोत–साधनका बाब्जुद पनि हामी निरन्तर काम गरिरहेका छौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘कामका शिलसिलामा केही कमजोरी भएका छन् भने आम महानगरवासीले दिएको सुझावलाई मध्यनजर गरी सुधारका प्रयास गर्ने छौँ । यो विश्वव्यापी रुपमा फैलिएको महामारीका बेला सबैको साथ र सहयोग अपरिहार्य छ ।’

उहाँले बाटो सफा गर्ने, किटनाशक औषधी छर्किनेलगायतका कामलाई ३२ वटै वडा क्षेत्रमा तत्काल पुर्याउने पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्