प्युठानमा भारतबाट फर्केका २६ जना क्वारेन्टाइनमा



सलिम अन्सारी,प्युठान,चैत-१४ ।प्युठान जिल्लामा छिमेकी देश भारतबाट घर फर्केका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको निगरानी गर्न उनिहरुलाई बिहिबार राती देखी क्वारेन्टाइनमा राखिएको हो। बिहिबार सम्म प्युठान भित्रीएका १ हजार ९ सय ९१ जना नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । २ सय २६ जना भारत बाट मात्रै आएका थिए।त्यस मध्ये जम्मा २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो।

क्वारेन्टाईन पठाउनुअघि प्युठान भित्रने मुख्य नाका सरुमारानी २ ददेरीमा स्थापना गरिएको हेल्थडेस्कमा उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो।जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार स्वर्गद्वारी नगरपालिका वडा नंवर ६ स्थित झोला प्राथमिक बिध्यालयमा ११ जना र ऐरावती गाउँपालिका ३ बरौला स्थित क्वारेन्टाईनमा १५ जना गरि २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ।क्वारेन्टाईनमा राखिएका उनिहरु मध्ये धेरैजसो कृष्णनगर नाका प्रयोग गर्दै प्युठान भित्रीएका थिए।क्वारेन्टाईनमा राखिएकाहरुको स्वास्थ्यमा अहिले सम्म कुनै किसिमको समस्या भने देखिएको छैन ।उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइएको छ । प्यूठानमा सबै स्थानीय तहहरुले क्‍वारेन्टाइन स्थल तयार गरेका छन् । हालसम्म जिल्लामा झण्डै एक सय ८ सैया क्षमताको क्वारेन्टाइन तयारी अबस्थामा छन ।स्थानिय तह मार्फत भारत सहित तेस्रो मुलुकबाट आएकाहरुको तथ्याकं संकलनको काम समेत भईरहेको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले स्थानीय तह मार्फत् भारतसहित तेस्रो मुलुकबाट आएकाहरुको तथ्यांक संकलनको काम भइरहेको बताउनुभयो।

लकडाउनको समयमा घरबाट बाहिर ननिस्कन प्रहरीले आहृान गदै जिल्लाका ९ वटै स्थानीय तहमा माइकिङ थालेको छ। अटेर गरेर सवारी साधन चलाइ आवतजावत गर्नेहरुलाई प्रहरीले कारबाही गरेको छ।
प्रहरीले बिहीबार १ जिप ,२ ट्याक्टर,५ मोटरसाइकल गरी ७ सवारी साधनलाई नियन्त्रणमा लिएको थियो। ६ जना जनालाई पक्राउ गरेर सम्झाइ बुझाइ छाडेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्