सुदुरपश्चिममा यस्तो हल्ला:घरको मुल ढोकामा खन्दा भेटिने कोइला लगाउनुस,कोरोना भगाउनुस



काठमाडौं, चैत-१४।सुदूरपश्चिमका अधिकांश जिल्लाहरुमा यतिबेला व्यापक रुपमा अनौठो हल्ला फैलिएको छ।गण्डकी प्रदेशको आकाशमा पृथ्विसम्म उज्यालो देखिने गरी अनौठो वस्तु धुवाँको मुस्लो सहित देखिए लगत्तै विष्फोट भएको खबर बाहिर आएसँगै सुदूरपश्चिममा यो हल्ला फैलिएको हो ।विहिबार मध्येरातीदेखि घरको मूल दैलोमा खन्दा कोइला जस्तो देखिने कालो वस्तु भेटिने र त्यसको टीका बनाएर लगाए विश्वव्यापी सङ्क्रमण भईरहेको कोरोना भाईरस नलाग्ने भन्दै सबैले त्यहि गर्दै आएकाछन् ।

अझै अनौठो त यो छ कि शुक्रबार बिहानै देखि यो हल्लाका आधारमा मानिसहरु दैलो खन्दैछन् ।कतिपयले तिलक लगाएर हिंडिरहेको पनि पाईएको त्यहाँका स्थानीयहरुले समाजिक सञ्जालमा यस विषयमा खुलेर उल्लेख समेत गरेका छन् ।

बिहान साढे ८ बजेको समयसम्म पनि मानिसहरु आ–आफ्नो मूल ढोकामा खनिरहेका दृष्य सजिलै देखिएका छन् ।खनेको ठाउँमा कोइला निस्किरहेको पनि भेटिएको छ ।

यस्ता तथ्यहीन हल्ला कहाँबाट शुरु भयो यसबारे कसैले पत्ता लागाउन सकेका छैनन् ।डोटीको जोरायल गाउँपालिका वडा नं ३ बेल्टुक्रा घर भई कैलालीमा एक विद्यालयमा कार्यरत शिक्षक तीर्थराज भट्टले यस्तो खबर आफन्तहरुबाट आफुलाई राती १ बजेको समयमा आएको र यसको सत्यतथ्य पत्ता लगाई सन्देश फैलाई दिन पत्रकारहरुलाई अनुरोध गर्दै फेसबुकमा स्टाटस समेत राखेका छन् ।
हेर्नुस् शिक्षक भट्टको स्टाटस:-

प्रतिक्रिया दिनुहोस्