कोरोनाको आशंकामा बुटवल क्वारेन्टाइनमा राखिएको युवकको मृत्यु



दीपक घिमिरे,चैत-१६,।कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो ।मृत्यु हुनेमा रुपन्देहीको सैनामैना ४ मुर्गियाका व्यक्ति रहेको बुझिएको छ ।

चैत्र ८ गते दुबईबाट नेपाल आएका उनलाई कोरोना संक्रमणको लक्षण देखा परेपछि १३ गते क्वारेन्टाईन ल्याईएको थियो । उनको स्वाव परिक्षणका लागि आज काठमाण्डौ पठाईएको थियो । यस बारे थप बिबरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्