यात्रु बोकेको एम्बुलेन्स सिन्धुलीमा दुर्घटना,६ जना घाइते



सिन्धुली,चैत-१७। सर्वसाधारण बोकेर हिडेको एम्बुलेन्स  सिन्धुलीमा दुर्घटना भएका छ।ज १ च ७७७ नम्बरको एम्बुलेन्स काठमाडौंबाट धनुषातर्फ गइरहेको थियो।सोमबार दिउँसो साढे १२ बजेको समयमा सिन्धुलीको बुकाहामा उक्त एम्बुलेन्स दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा परी पाँचजना यात्रु घाइते भएका छन भने चालक भाग्न खोज्दै गर्दा समातिएका थिए ।छ जनाको स्थिति सामान्य छ । चालकको भने हात भाँचिएको छ भने टाउकोमा चोट लागेको छ ।

एम्बुलेन्स बर्दबहादुर गण जाने बाटोमा रहेको बिजुलीको पोलमा ठोक्किएर करिब ५० मिटर तल खसेको थियो । उनीहरुलाई तत्काल प्रहरी पुगेर उपचारका लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्