स्वास्थ्य सामग्री धनगढी आइपुग्यो



धनगढी,चैत-१७।कोरोना रोकथाम र निगरानीका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहितका सामग्री सोमबार धनगढी पुगेको छ।नेपाली सेनाको स्काई ट्रकमार्फत उक्त सामग्री धनगढी पुगेको हो।

प्रदेश सरकार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका अनुसार आइपुगेका सामग्रीमा कोरानाका बिरामीको उपचारमा खटिने चिकित्सकले लगाउने एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिआइ, गाउन), ९६० थान मास्क, १० थान थर्मामिटर, पञ्जा र सामान्य मास्क रहेका छन् । सामग्रीहरु  आवश्यकता हेरी जिल्लामा पठाउने व्यवस्था गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्