एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा एकको मृत्यु



काठमाडौ,चैत-१८।एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा एकको मृत्यु भएको छ।कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि नजिकै  एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट रहेका छन।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१च ८२४ नम्वरको एम्बुलेन्स र से ५ प ४८४ नम्वरको मोटरसाइकल एकापसमा जुधेको  थियो।घटनामा एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका–६ का रामबहादुर थारू भने सामान्य घाइते छन भने मोटरसाइकल चालक  द्वन्द्वविक्रम विष्ट गम्भीर घाइते भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्