सिंगो गाउँ रुघाखोकीको चपेटामा



बाजुरा, चैत-१९ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको चपेटामा परेको छ।रुघाखोकीको संक्रमण सातादिन अघिदेखि फैलिएको हो। रुघाखोकी संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवारका सदस्य प्रभावित भएको वडाध्यक्ष दीपक रावतले बताएका छ्न।त्यस क्षेत्रमा  हरेक घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोका कारण बिरामी भेटिएका छन्।

स्थानीय स्वास्थ्यकर्मी गणेश रावतका अनुसार सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिँगटा लाग्ने, खानमन नलाग्ने र शरीर थकित हुनेजस्ता लक्षणले बिरामी ग्रसित छन।अहिले परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने मान्छेसमेत गाउँमा भेटिन छोडेका छन्।

कोरोना संक्रमण हो कि भन्ने त्रास गाउँलेमा छ। गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले भने मौसमी परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए।
सिंगो गाउँ नै प्रभावित भएपछि स्थानीय त्रसित छन्। कोरोना संक्रमण हो कि भन्ने त्रास गाउँलेमा छ।

गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले भने मौसमी परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए। बिरामीमध्ये अधिकांशको अवस्था सामान्य भए पनि केहीलाई गाह्रो भएको छ। साँझको समयमा बढी गाह्रो हुने गरेको बिरामी सुन्तला मिजारले बताइन्।

गाउँ नै रुघाखोकीको संक्रमणले थलापरेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर आधारभूत स्वास्थ्य एकाइ सञ्चालन गरेको छ।

यससग सम्बन्धित समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्