शक्ति उपासनाको पर्व चैते दशै



काठमाडौ,चैत-१९।चैत्र महिनामा पर्ने दशैं तथा नवरात्रीलाई चैते दशैं भनिन्छ । नेपालीहरुको चाडपर्वमा चैते दशैंको पनि महत्वपूर्ण स्थान रहेको छ । असुरी शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्य माथि सत्यको विजयका रुपमा लिइने दशैं पर्व नेपालिहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडा चैतमा मनाईने दशैलाई चैते दशै भनिन्छ ।आज चैते दशै मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने प्रचलन छ।

चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको एउटा प्रतिबिम्ब चाड हो । चैत शुक्ल अष्टमिका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । तलेजु भवानी, हनुमान ढोका दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरुमा आज वली दिईन्छ । उपत्यका बाहिर पनि भगवति मन्दिरहरु अनि शक्तिपीठहरुमा समेत दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ ।

आजकै दिन मर्यादा पुरुष भगवान रामचन्द्रले आफ्नो १४ बर्षको बनवास सकाएर अयोध्या फर्केको दिनको रुपमा लिईन्छ । आफ्नो पत्नी सिताको अस्मिता रक्षाको लागि आसुरि शक्ति बोकेको राबणको दानवीय व्यवहारवाट संसारलाई मुक्त गराऊन रावणको वध गरेको दिनको रुपमा पनि आजको दिनलाई मानिन्छ ।यसरि रावणको वध गर्नको लागि माता दुर्गाले रामलाई मद्दत गर्नु भएको थियो जसको महिमा पुस्तक रामायणमा भगवान रामको १४ बर्षे वनवासको समयमा भएको वर्णन गरिएको छ।

पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमानै पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा हुने,खडेरि पर्ने र यस समयमा पर्व मनाउने क्रममा हिडडुल गर्ने र गरिष्ठ भोजन गर्दा मानिसहरु विरामि पर्ने भएको कारण पछि दशैलाई बर्षा पछिको समयमा सारिएको मान्यता रहि आएको छ ।

दशैको अन्य नाम: दशहरा, विजया दशमी नवरात्रको रुपमा लिईने यस पर्वको छुट्टै महिमा रहि आएको छ । दशैं नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरिन्छ ।नवरात्रको प्रत्येक दिन फरक फरक देवीहरूको पूजा हुन्छ । क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

विजया दशमी को दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावण माथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको पुजा अर्चना गरिन्छ।
चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ आज चैते दशै मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गरेका छन् ।

अहिले विश्वनै संक्रमित रोग कोरोना भाईरसको कारण शोकमा डुवेको छ । यस दु:खद परिस्थितिमा चाहाड पर्व सामाजिक गतिविधिहरु पुर्ण रुपमा रोकिएको छ। मानव सभ्यता आफै कसरि वाच्न सकिएला भन्ने शोकमा डुवेको यस बिषम परिस्थितिमा रामनवमि तथा नवरात्र दशैको यस अवसरमा सम्पुर्ण मानवहरुको रक्षाको प्रार्थना गर्दछु । बिजया दशमि तथा रामनवमिको अवसरमा हार्दिक मंगलमय शुभकामना !

रमेशकुमार महत,युवा नेता( नेपाली काङ्ग्रेस )


प्रतिक्रिया दिनुहोस्