पोखरामा बुलेटले च्यापिएको अवस्थामा शव फेला



पोखरा,चैत-२०।पोखरामा बुलेटले च्यापिएको अवस्थामा शव फेला परेको छ।पोखरा महानगरपालिका–१४ खसीबजार चोकको नहरमा डुबेको अवस्थामा फेला परेको शव लेखनाथका निमराज पुनको रहेको प्रहरीले जनाएको छ।

पुनको शव बिहिवार बिहान मुलसडक नजिकै रहेको नहरमा मूलसडकबाट करिब आठ फिटजति तल ग ११ प ८२८१ नम्बरको मोटरसाइकलले च्यापिएको अवस्थामा फेला परेको थियोे।

प्रहरीले थप अनुसन्धान गर्दै पोष्टमार्टमका लागि उनको शवलाई पश्चिमाञ्चचल क्षेत्रीय अस्पताल पठाएको छ।

प्रतिक्रिया दिनुहोस्