सरकारले सार्वजनिक गर्यो कोरोनाको उपचार हुने अस्पतालको नामावली



काठमाडौं,चैत-२०।सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्न सक्ने अस्पतालको नामावली सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार एक सूचना सार्वजनिक गर्दै काठमाडौका अलवा सात वटै प्रदेश क्षेत्रमा कोरोनाको उपचार हुने अस्पतालको सूची सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचीअनुसार काठमाडौंमा शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल,पाटन अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पतालमा कोरोनाको उपचार हुनेछ।
त्यस्तै प्रदेश अन्तर्गत प्रदेश नम्बर १ को मेची अस्पताल, उदयपुर अस्पताल,प्रदेश नम्बर २ को जनकपुर अस्पताल, बारा अस्पताल,बागमती प्रदेशका लागि भक्तपुर अस्पताल,सिन्धुली अस्पताल,गण्डकी प्रदेशको धौलागिरी अस्पताल, गोरखा अस्पताल,प्रदेश नम्बर ५ को लुम्बिनी अस्पताल, तम्घास अस्पताल,कर्णाली प्रदेशका लागि  सुर्खेत अस्पताल, दैलेख अस्पताल,सुदूरपश्चिम प्रदेशको सेती अस्पताल, महाकाली अस्पताल लगायत अस्पताल कोरोनाको उपचारको लागि छुट्याइएको मन्त्रालयले उल्लेख गरेको छ ।

यस्तै, सातै प्रदेशभित्र रहेका प्रदेशस्तरीय ६३ वटा अस्पतालबाट समेत यस्तो सेवा लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश १ जिल्ला स्तरीय अस्पताल १३ वटा, प्रदेश नम्बर २ मा पाँच वटा, बागमती प्रदेशमा १० वटा, गण्डकी प्रदेशमा १० वटा, प्रदेश नम्बर ५ मा ९ वटा, कर्णाली प्रदेशमा ८ वटा, सुदुरपश्चिम प्रदेशमा ८ वटा अस्पताल रहेका छन । मेडिकल कलेजहरूबाट पनि सेवा लिन सकिनेछ ।

यस्तै, वीपी कोइराला विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, जानकी मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज,चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स चितवन, गण्डकी मेडिकल कलेज पोखरा, धुलिखेल अस्पताल, लुम्बिनी मेडिकल कलेज, मनिपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, नोबल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल, युनिभर्सल मेडिकल कलेजमा पनि कोरोना सम्बन्धी उपचार गर्न सकिने मन्त्रालयले निकालेको सूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्