हेटौँडाबाट भरतपुर पठाइएको ज्वरोको बिरामीको मृत्यु



काठमाडौ,चैत्र-२१।मकवानपुरको हेटौँडा अस्पतालले हिजो राती रिफर गरेको बिरामीको भरतपुरमा शुक्रबार  बिहान ४ बजे मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राई रहेकी छ्न।उनी जरो र निमोनिया रोगबाट ग्रसित थिइन। पिडित उनलाई हेटौंडाबाट हिजो राति चितवन  रिफर गरिएको थियो ।

हेटौँडा अस्पतालमा आउँदा उनको अवस्था निकै गम्भीर रहेको कारण आफुहरुले तत्कालै भरतपुर रिफर गरेको हेटौँडा अस्पतालका डाक्टर हरिबहादुर खड्काले बताए । उनलाई म्यानेनजाईटिक्स रोग रहेको कारण आफुहरुले तत्काल  रिफर गरेको उनको भनाई छ ।

उनको स्वाब परीक्षण हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्