कपिलवस्तुमा सिङ्गो गाउँमा आगोलागी,३९ घर जले



कपिलवस्तु,चैत-२१। कोरोना संक्रमणको त्रासले नेपाल भर लकडाउन जारी रहदा कपिलस्तुवासी माथि लक डाउनसगै अर्को पिडा थपिएको छ।कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौली स्थित पुरै गाउँमा आगलागी हुँदा ३९ घर गोठ जलेर नष्ट भएको छ ।

गुगौलीका कासीराम यादवको घरमा दिउसो नास्ता पकाउन बालेको आगोले खरले छाएको फुसको घरबाट आगलागी सुरु भएको थियो ।यादवको घरबाट सुरु भएको आगोले गाउँको पुरै घर जलेर ध्वस्त भएको छ । गाउँको उत्तर देखी सुरु भएको आगो हावाको बहाव सगै पुरै गाउमा फैलिएको थियो । आगोबाट कुनै पनि मनविय क्षती भने  नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिनु भयो ।

आगलागीबाट करिब एक करोड भन्दा बढिको नोक्सान भएको स्थानीयले बताएको छ । आग्नि पिडितहरुको वास्तविक क्षती बिवरण प्रहरीले संकलन गरीरहेको छ । अग्नि पीडितहरुको राहतको लागी विजयनगर गाउँपालिकाले ब्यवस्थापन गरीरहेको वडा नंं १ का वडाअध्यक्ष इन्दर थारुले जानकारी दिनु भयो ।

कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकोले तौलिहवाको दमकल आउन ढिलाइ गरेको थियो । पुरैगाउँ खरानी भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो ।तौलिहवा र गुगौलिको दुरि करिब ५० किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्