मामाको छोरालाई खुकुरी प्रहार गर्ने पक्राउ



नुवाकोट, चैत-२१ । मामाको छोरालाई खुकुरी प्रहार गरी  गम्भीर घाइते बनाएको अभियोगमा सन्दीप तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने तामाङ तादी गाउँपालिका चौडाडाका  हुन।

सन्दीपले सोही ठाउँ बस्ने आफ्नै मामाको छोरा २२ वर्षीय बिकास तामाङलाई सामान्य विवादको क्रममा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरीले सन्दीपलाई पक्राउ गरेको हो । घाइते विकासलाई उपचारको लागि ग्रान्डी अस्पताल काठमाडौं पठाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ 

प्रतिक्रिया दिनुहोस्