लकडाउन एक हप्ता थप्ने निर्णय,मन्त्रिपरिषदले आजै अनुमोदन गर्ने



काठमाडौ,चैत-२४।कोरोना भाइरस ( कोभिड १९ ) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समयावधि एकहप्ता थप्ने निर्णय गरेको छ ।

समितिका संयोजक रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाए अनुसार हिजो बसेको समितिको बैठकले गरेको यसप्रकारको  निर्णयलाई आजै मन्त्रिपरिषद्को बैठक मार्फत  अनुमोदन हुनेछ ।

श्रोतका अनुसार  दिउँसो(अहिले ) बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको समय एकहप्ता थप्ने निर्णयलाई अनुमोदन गर्नेछ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि गएको १० गतेदेखि लकडाउन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्