रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत जाँदै
काठमाडौं,कात्तिक ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि शुक्रबार भारत जाँदै हुनुहुन्छ।
लामिछानेको निजी सचिवालयका अनुसार भ्रमणका क्रममा उहाँले परिवारसहित उत्तराखण्डको नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्नुहुने कार्यक्रम छ।
निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जान लाग्नुभएका लामिछाने तीनदिने भ्रमण पूरा गरी स्वदेश फर्किने सचिवालयले जनाएको छ।

