कर्णाली याक्समा पाकिस्तानी अलराउन्डर हुसैन तलात अनुबन्ध



काठमाडौं,कात्तिक ६ । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि पाकिस्तानी अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको छ। ३० वर्षीय तलात सन् २०१८ देखि पाकिस्तानको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन्।

कर्णाली याक्सका मालिक गृहेन्द्र घिमिरेका अनुसार तलातको आगमनले टोलीको ब्याटिङ र बलिङ दुवै पक्ष बलियो बन्नेछ। कर्णालीले यसअघि बंगलादेशका अरिफुल इस्लाम र अकबर अली तथा स्कटल्यान्डका मार्क वाटलाई अनुबन्ध गरिसकेको छ।

कात्तिक ९ गतेदेखि सुरु हुने एनपिएलमा कर्णालीका मार्की खेलाडी सोमपाल कामी छन्। टोलीले आगामी दिनमा थप दुई चर्चित क्रिकेटर अनुबन्ध गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्