तिब्बतमा गएको भूकम्पमा परि १६ जनाको मृत्यु



काठमाडौं,कात्तिक ६ । चीनको तिब्बतस्थित सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। भूकम्पमा परी ३० जनाभन्दा बढी घाइते भएका छन् भने ३०० भन्दा बढी घर तथा अन्य संरचना भत्किएका छन्।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार स्थानीय आपत्कालीन व्यवस्थापन ब्यूरोले दिएको प्रारम्भिक विवरणमा भूकम्पबाट ठूलो क्षति भएको उल्लेख छ।

सिजाङ स्वायत्त क्षेत्रको नाग्छु शहरस्थित बाकेन काउन्टीमा स्थानीय समयअनुसार गएराति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो।

भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको अधिकारीहरूले जनाएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्