केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ
काठमाडौं,कात्तिक ६ । बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका फरार कैदी चन्द्र दमाई केसी पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थली बस्दै आएका ४३ वर्षीय केसीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आवश्यक प्रक्रिया पूरा गरेर पुनः केन्द्रीय कारागार पठाएको छ।

