४०० दुर्गा मूर्ति शान्तिपूर्ण रूपमा विसर्जन



नेपालगन्ज,कात्तिक ६ । बाँकेको नेपालगन्जमा कडा सुरक्षा व्यवस्थाबिच करिब ४०० दुर्गा भवानीका मूर्ति शान्तिपूर्ण रूपमा विसर्जन गरिएको छ। बिहीबार दिउँसोदेखि बेलुकासम्म राप्ती नदीस्थित सिधनिया घाटमा मूर्ति विसर्जन गरिएको हो।

विसर्जन कार्यक्रमलाई सुरक्षित बनाउन नेपाल प्रहरीका एक हजार १०० भन्दा बढी र सशस्त्र प्रहरीका ३५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो। ड्रोनबाट निगरानी गर्नुका साथै संवेदनशील क्षेत्रमा समेत सुरक्षा व्यवस्था मिलाइएको थियो।

विभिन्न धर्म र समुदायका अगुवाले सडक किनारमा उपस्थित भएर विसर्जन ¥यालीको स्वागत गरेका थिए। सबै समुदायको सहकार्य र आपसी सम्मानले नेपालगन्जमा धार्मिक सद्भाव र सामाजिक एकताको सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्